उपचारमा अमेरिकाभन्दा हामी कम छैनौं : डा. केसी

ओम शाही
सुर्खेत
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) संक्रमण फैलन नदिन पूर्व सावधानी अपनाउन आम नागरिकमा प्रदेश अस्पतालका डा. नवराज केसीले अनुरोध गरेका छन् ।

डा. केसीले यो संक्रमणकालिन अवस्थामा सबै मिलेर अगाडी बढ्नुको विकल्प नभएको भन्दै पूर्व सावधानी अपनाउन नसके महामारीको रुप लिन सक्ने उल्लेख गरेका छन् । स्वास्थ्य क्षेत्रमा आफूहरु पूर्ण संक्षम रहेको र प्रदेश अस्पतालमा अत्यावश्क सामाग्रीको अभाव नभएको  भन्दै यदि धेरै जना एकैपटक संक्रमित भए उपचारमा प्रयोग गरिने सामाग्री भने प्रयाप्त नभएको बताए । आम नागरिकको स्वास्थ्य प्रति पूर्ण जिम्मेवार भई तयारी अवस्थामा बसेको उल्लेख गर्दै यसबाट नआतिकन आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।  समय समयमा हात धुन, भिडभाडमा नजान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अनुरोध गर्दै हात धुनैको लागि सेनिटाइजर नै आवश्यक नरहेको बताए । जुनसुकै सावुनले पनि हात धुदा सुरक्षीत हुन सकिने सल्लाह दिए ।

सम्भावित जोखिमबाट बच्नको लागि आफूहरुले हटलाई सेवा पनि सुरु गरेको बताउ“दै यदि कोही कसैलाई स्वास्थ्य सम्बन्धी समस्या आए सिधै फोन गर्न आग्रह गरे । फोन मार्फत स्वास्थ्यस“ग सम्बन्धित आवश्यक सल्लाह दिनुका साथै आवश्यक परे घरमै पनि गएर आम नागरिकको उपचार गर्ने बताए । कोही कसैलाई आफ्नो स्वास्थ्यस“ग सम्बन्धित जिज्ञासा भए ९८५८०३१२००, ९८५८०४०१४० र ०८३–५२२२०० मा सिधै निर्धक्क भएर फोन गर्न आग्रह गरेका छन् । सामाजिक संजालहरुमा आएका अनावश्यक कुराहरुको विश्वास नगर्न भन्दै पत्रकारहरुलाई अनावश्यक हल्ला नफैलाउन अनुरोधसमेत गरे । सरकारले अवलम्बन गरेको लकडाउनलाई सामान्य रुपममा नलिन आग्रह गर्दै आत्म अनुसाशनमा बस्न अनुरोध गरे । विश्वका ठुला शक्ति राष्ट्रहरुमा नागरिकले लकडाउनलाई अटेर गर्दा भयावह स्थिती निम्तिएको भन्दै हामी कहा“ त्यस्तो अवस्था नआवस् भन्दै कामनासमेत गरे । यसबाट जोगिन केही समय घरमै बस्न अनुरोध गर्दै अमेरिकामा जे उपचार हुन्छ प्रदेश अस्पतालमा त्योभन्दा राम्रो उपचार गर्नसक्ने क्षमता आफूहरुमा रहेको दावी गरे ।

तपाईको प्रतिक्रिया