महामारीमा स्थानीय निकायको लापरवाही
दैलेख, ९ असार । कर्णाली प्रदेशमा जेठको पहिलो हप्ता दैलेखको आठबीस नगरपालिकाका एक ३५ वर्षीय युवामा कोरोना पुष्टि भयो । भारतमा मजदुरी गर्न गएर जिल्ला आएका उनमा पहिलो पटक कोरोना पुष्टि भएसँगै दैलेखमा मात्र नभई कर्णालीमा एक प्रकारको कोरोना सन्त्रास फैलियो । प्रदेशका १० जिल्ला मध्ये दैलेखमा जेठ पहिलो हप्ता पहिलो पटक देखिएको कोरोनाले व्यवस्थापनमा […]





