राष्ट्रिय सडक सञ्जालमा जोडिएन सिमकोट

यस आर्थिक वर्षमा पनि हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिने भएको छ । सडक निर्माण कार्य पूरा भए पनि कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको दोजाम कर्णालीमाथि पुल निर्माण हुन नसकेका कारण सदरमुकाम सिमकोट सडक सञ्जालसँग नजोडिने भएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले अझै पनि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन मुस्किल भएको बताए […]

सम्पादकीय: हुम्लीका अधुरा सडक सपना

हुम्ला, राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक्लो जिल्ला । कर्णालीको विकट हिमाली जिल्ला हुम्लालाई यसरी चिनाउने गरिन्छ । कैलाश पर्वतको प्रवेशद्धार भएपनि सडक सञ्जाल नहुँदा महंगो हवाइ यात्रा र तिब्बतको लामो बाटोको प्रयोग हुने गरेको छ । उत्तरी छिमेकी चीन र यसको स्वशासित क्षेत्र तिब्बतसंग सीमा जोडिएको हुम्ला सडक सञ्जालमा नजोडिँदा विकासका अन्य सूचकांकमा समेत […]