कर्णाली राजमार्गमा पहिरो गएपछि यातायात सेवा ठप्प
कर्णाली राजमार्गको जुम्लाको तातोपानी खण्डमा पहिरो गएपछि यातायात सेवा ठप्प भएको छ । तातोपानी–१ स्थित राँका र बाइराँका गाउँको बीचमा सुख्खा ढुंगा र माटोको पहिरो खसेको हो । तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले पहिरोले सडक पुर्ण रुपमा बन्द भएको बताए । उनका अनुसार सवारीसाधनहरु रोकिएका छन् । आवतजावत पनि ठप्प नै छ । […]




