कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या

सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण विद्यालयका चार वटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो । उक्त विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले माटो र ढुङ्गाको गाह्रो भएका कक्षाकोठा भएका कारण भवनको पछाडिपट्टिको भागबाट पानीको भल […]