कर्णालीका ९ जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा

कर्णालीका हुम्ला जिल्ला बाहेक अन्य नौ वटै जिल्लामा नेपाल टेलिकमले अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटीटीएच) नेटवर्क सेवा सुरु गरेको छ । उच्च गतिको इन्टरनेट सेवा देशभर पु¥याउने सरकारको अभियानअन्तर्गत हुम्ला जिल्लाबाहेक कर्णालीका नौ वटै जिल्लामा नेपाल टेलिकमले उक्त सेवा सुरुवात गरेको हो । यो सेवा हुम्लाबाहेक सबै जिल्लामा पुगेको छ । […]

नेपाल टेलिकमको २० औं बार्षिक उत्सब

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो २० औं बार्षिक उत्सब मनाएको छ । सोमवार नेपाल टेलिकम सुर्खेत कार्यालय परिसरमा एक कार्यक्रम गरी बार्षिक उत्सब मनाएको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जि सीको प्रमुख आतिथ्यता र वीरेन्द्रनगर नगरपालीकाका उपप्रमुख निलकण्ठ खनालको बिशेष आतिथ्यता रहेको थियो । […]

२४ सै घण्टा फोन सेवा : हाँकु लाग्नामा

जुम्लाको तातोपानी गाउँपालिका–४ हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टोवरमा बिजुली बत्ती जडान भएपछि २४ सैं घण्टा फोन सम्पर्क गर्न सकिने भएको छ । यसअघि टावरमा सोलार प्यानलको मात्र विद्युत हुँदा घाम लाग्न छाडेमा फोन गर्न नपाइने समस्या थियो । टावरमा बिजुली बत्ती जडान गरेपछि अब दर्जन बढी गाउँमा सञ्चारको समस्या हुने छैन । तातोपानी गाउँपालिका–४ […]