उपनिर्वाचन : तिलागुफा नगरपालिकाको तयारी पुरा

तिलागुफा नगरपालिका–४ मा यही मंसिर १६ गते हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । तिलागुफा–४ को वडाध्यक्षको निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लले बताए । उनका अनुसार निर्वाचनका लागि एक मतदान अधिकृत, एक सहायक निर्वाचन अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी मतदान केन्द्रका खटिएका छन् । निर्वाचनका लागि […]

सरकारी पैसा खर्चेर घुम्नमै व्यस्त छन् तिलागुफाका जनप्रतिनिधि र कर्मचारी

मुलुकमा संघीय शासन व्यवस्था सुरु भएसँगै गाउँगाउँमा सिंहदरबारको नारा अघि सारिएको थियो । हुन पनि पछिल्लो समय गाउँगाउँमा सिंहदरबार पुगेको पनि छ । गाउँका ती सिंहदरबारमा निर्वाचित जनप्रतिनिधि पुगेका छन् । उनीहरूलाई दिइने सेवा सुविधाका विषयमा कतिपयको प्रश्न छ, जनताको सेवा गर्छु भनेर गएपछि सुविधाको लोभ गर्न मिल्छ ? अनि कतिपयको तर्क छ, सबै काम […]

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा रहेको छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगँैचा हो । शिक्षकसमेत रहेका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गरेको नमूना स्याउ बगैँचामा फुजी, गाला र गोल्डेन जातका […]

नागरिकलाई नुनको अभाव, अझै हटेन् सदरमुकाम धाउनुपर्ने बाध्यता

कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका नागरिकहरु नुनका लागि सदमुकाम मान्म धाउने गर्छन् । स्वाद र स्वास्थ्यको दृष्टिले नुनको महत्व कम छैन । सहजै पाउने ठाउँकालाई व्रत बस्दा मात्रै यसको महत्व थाहा होला । हाम्रै मुलुकमा नुनका लागि अझै संघर्ष गर्नुपर्ने ठाउँ छन् । एक÷दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य […]

दुर्गमका बालबालिकालाई सहयोग

कालीकोटको तिलागुफा नगरपालिकाले दुर्गमका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सहयोग गर्दै आएको छ । नगरको वडा नं ९ स्थित लुव्रमा रहेको एक सामुदायिक विद्यालयमा नगरपालिकाले पोसाक सहयोग गरेको छ । विद्यालयमै पुगेर नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले सत्यानारायण आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पोसाक प्रदान गरेका हुन् । नगरपालिकाको ३९ हजार लागतमा […]