रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा
रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार बेलुकी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा सशस्त्र प्रहरीको सवारीसाधनमा ढुंगामुढा भएको हो । लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने क्रममा १५०–२०० जना स्थानीयहरूले बाटो अवरोध गरेका थिए । […]




