कालीकोटको महावै–३ का वडाअध्यक्ष सिंंहमाथि कुटपिट, टाउकोमा सात वटा टाँका

कालीकोटको महावै गाउँपालिका–३ का वडाअध्यक्ष पदमबहादुर सिंहलाई शुक्रवार बेलुका स्थानीय युवाको समूहले कुटपिट गरेका छन् । आफ्नै घरमा बसिरहेको बेला चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ । गाउँपालिकाले घटनाको निन्दा गर्दै अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ । वडाअध्यक्ष सिंहको टाउकोमा सात वटा टाँका लगाएको […]

प्रहरीद्वारा महिलामाथि कुटपिट

वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ न्युरोडस्थित उषा बालिकाटिकाअगाडि शनिबार साँझ प्रहरीले व्यापार गरेर बसेकी स्थानीय जानुका बुढामाथि अन्धाधुन्ध लाठी प्रहार गरी घाइते बनाएका थिए । कुटपिटपछि पीडित बुढाको खुट्टा र हातमा चोटपटक लागेको छ। कुटपिटपछि उनलाई पसलमै छाडेर प्रहरी फर्किएका थिए। स्थानीयले घेरेपछि प्रहरी कुटपिट रोकेर […]