सडक मर्मतमा यात्रुका समस्या बेवास्ता
दैनिक रूपमा कर्णाली राजमार्ग बन्द हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । सडक मर्मत कार्य भइरहेकाले दैनिक तीनदेखि चार घण्टा सडक बन्द हुने गरेको छ । लामो दुरीका सवारीसाधन घण्टौँसम्म रोकिँदा यात्रुले निकै सास्ती पाइरहेका छ । कर्णाली राजमार्गको एसमोडलगायत सडकखण्डमा निर्माण कम्पनीले बाटो नै बन्द गरी तीनदेखि चार घण्टासम्म यात्रु तथा मालवाहक गाडी बन्द गर्ने गरेको छ । […]





