जाजरकोट उपनिर्वाचन : नलगाड र कुशेमा शान्तिपूर्ण रुपमा मतदान जारी

जाजरकोटको नलगाड नगरपालिका र कुशे गाउँपालिका–७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । नलगाड नगरपालिकामा उपप्रमुख र कुशे–७ मा वडा अध्यक्षका लागि उपनिर्वाचन सम्पन्न गर्न आज बिहानैदेखि मतदान प्रक्रिया सुरु भएको हो । कुशे गाउँपालिकाका २ र नलगाड नगरपालिकाका २४ मतदान केन्द्रमा मतदान उत्साहजनक रुपमा भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ […]

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक […]

कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो

आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी थिइन् । नेपाल […]

कर्णालीका आठ पालिकामा हुँदैछ उपनिर्वाचन, महिला सहभागिता अनिवार्य

आगामी १६ मंसिरमा कर्णालीका ६ जिल्लाका आठ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । ३० बैशाख २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका कर्णालीका जनप्रतिनिधिको विविध कारणले निधन भएपछि रिक्त आठ पदमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र […]