पाँच दिनदेखि हवाई उडान प्रभावित
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा पाँच दिनदेखि हवाई सेवा प्रभावित भएको छ । नेपालगन्जमा बाक्लो हुस्सु–कुहिरोका कारण कर्नालीको हुम्ला, मुगु, जुम्ला, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा समेत हवाई सेवा प्रभावित भएको हो । हुस्सुले हुम्ला जिल्लाको हवाई उडान हुन नसकेको स्थानीय लोक भण्डारीले जानकारी दिए । हुस्सु नलागेपछि बिहानै जहाज नेपालगन्जबाट सिमकोट पुगिहाल्थे […]




