सिँचाइ पुगेपछि उत्पादन वृद्धि हुने विश्वास

सर्केगाड गाउँपालिका–४ को गोडीखोला सिँचाइ आयोजना सञ्चालनमा आएको छ । निर्माण कार्य पूरा भएर सिँचाइ योजना सञ्चालनमा आएपछि खेती गर्न सहज भएको हो । सर्केगाड गाउँपालिका–४ को साँया गाउँका किसान नैन छत्यालले गोठीखोला सिँचाइ योजना सञ्चालनमा आएपछि खेतीपातीको सहज भएको बताए । उनले यसअघि कुलो खनेर सिँचाइ गर्ने गरिएको भए पनि यस वर्ष सिमेन्टको नहर […]