सडक निर्माणमा ढिलाइ

बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । निर्माण समयावधि सकिँदा सडक निर्माणको काम भने २० प्रतिशतमात्र भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने परसपुर–गौघाट सडक हाल खाल्डाखुल्डी भएका कारण पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का […]

बाटो बन्द हुँदा विद्यालय आवतजावतमा समस्या

सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र वडा नं ५ को बीचमा सडक निर्माणका कारण बाटो बन्द हुँदा विद्यालय जाने विद्यार्थीलाई आवतजावतमा समस्या भएको छ । खोला नजिकको बाटो माथिबाट डोजरले सडक निर्माण गर्दा हिल्दुम गाउँका विद्यार्थी हिँड्ने बाटो पुरिएको हो । गाउँबाट सदरमुकाम सिमकोटमा पढ्न आउने विद्यार्थी समस्यामा परेको स्थानीय छक्कबहादुर शाहीले बताए । […]