संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ: राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताए । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा शुक्रवार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए । उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र […]




