एकजना प्राविधिकमा निर्भर बाँकेको विषादी अवशेष प्रयोगशाला
नेपालगञ्जमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला एकजना प्राविधिक सहायकको भरमा सञ्चालन भएको छ । नेपालगञ्जमा स्थानीय उत्पादन तथा भारतबाट आयातित तरकारी तथा फलफूल रानीतलाउ तरकारी मण्डी, बीपी चोक तरकारी बजार र एक दर्जन बढी चोकमा ठेलामा बिक्री वितरण हुँदै आए पनि केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्ति अभावले […]




