विद्यार्थीले एक–आपसमा कपाल काट्छन्

गाउँमा कपाल काटिदिने कोही पनि छैनन् । कपाल काट्न सक्ने जनशक्ति सबै रोगजारको सिलसिलामा देश बाहिर छन् । पछिल्लो समय विद्यार्थी कपाल नकाटेर विद्यालय आउन थालेपछि तुलसीपुर उपमहानगरपालिका–१९ स्थित नवजागरण माध्यमिक विद्यालय कुटिचौरका प्रधानाध्यापक टङ्क केसीले आफैँ विद्यार्थीको कपाल काट्न सुरु गरे । सुरु–सुरुमा आफैँले कपाल काटिदिने गरेसँगै उनले विस्तारै विद्यार्थीलाई कपाल काट्न सिकाए । […]

विद्यार्थीको उपस्थिति बढाउन अभिभावकसँग फोन कार्यक्रम सहयोगी

जिल्लाका सामुदायीक विद्यालयले अभिभावकसँग फोन कार्यक्रम सञ्चालनमा ल्याएको छ । ती विद्यालयहरुले विद्यार्थीको उपस्थिति बढाउन अभिभावकसँग फोन कार्यक्रमलाई प्रभावकारी बनाएको हो । बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालयले वार्षिक कार्ययोजनामै उल्लेख गरेर अभिभावकसँग फोन कार्यक्रम राख्दै विद्यार्थीको उपस्थिति नियमित र बढाउन निक्कै सहयोगी बनेको बताए । उनले विद्यार्थी एक दिन विद्यालयमा उपस्थित नभएको पाइएमा […]

विद्यार्थी टिकाउ दर बढ्दै

शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाको बैठकमा आज प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०÷८१ मा शैक्षिक सत्र २०८० मा कक्षा आठसम्मको टिकाउ दर ८६ दशमलव दुई प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६९ दमशलव नौ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७ दशमलव दुई […]

दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका–५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए । उनका अनुसार तीनजनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकासको सहजकर्ता छन् । कक्षा ५ सम्म […]

दुर्गमको एक नमुना विद्यालय : जहाँ समस्यै समस्याका बाबजुद गुणस्तरीय पढाइ हुन्छ

नेपालको उत्तरी भेगमा अवस्थित अति विकट दुर्गम र पिछडिएको जिल्लाको रूपमा मुगुलाई चिनिन्छ । जसमा सडकसँगै अझै भौतिक पूर्वाधारहरूको निर्माण हुन सकिरहेको छैन । त्यस्तोमा यहाँको शिक्षाको अवस्था कस्तो होला आफैँ अनुमान लगाउन सकिन्छ । तर पनि यहाँ केही यस्ता विद्यालय छन्, जसले अभावै अभावका बीच आफूलाई अब्बल सावित गर्न सक्षम भएका छन् । सोरु […]