ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या
३८ करोड बढीको लागतमा नेपालगन्जमा निर्माण गरिएको ल्यान्डफिल साइटको प्रयोग नहुँदा फोहोर व्यवस्थापन र प्रशोधनमा समस्या आएको छ । नेपालगन्ज उपमहानगरपालिका–१३ र २३ को सिमानामा १३ बिघा क्षेत्रफलमा एसियाली विकास बैङ्क (एडिबी)को अनुदान सहयोगमा ३८ करोड ९३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ल्यान्डफिल साइट प्रयोगविहीन बनेको हो । ल्यान्डफिल साइट सञ्चालनमा आएको दुई वर्ष पुगे […]




