रास्कोट नगरको मनपरी : गाडी भाडा र इन्धनमा ६१ लाख खर्च

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले कर्मचारी नियुक्ति सरुवा, बढुवामा मात्र होइन आर्थिक कारोबारमा समेत मनपरी गरेको प्रमाण फेला परेको छ । नगरपालिकाले एक आर्थिक वर्षमा जनप्रतिनिधि र कर्मचारीले गाडी चढेको र गाडीमा इन्धन हालेको मात्र ६१ लाख बढी खर्च गरेको पाइएको हो । नगरपालिको आर्थिक वर्ष २०७९÷२०८० को बजेट बाट गाडी भाडामा २६ लाख २६ हजार […]

गाउँमा पुरुष नभएपछि मलामी जाँदै महिला

सुन्दा कसैलाई अचम्म लाग्न सक्छ । तर सत्य यही हो, गाउँमा युवा खोजे पाइँदैन । बढ्दो बेरोजगारीका कारण युवा शहरदेखि विदेश पलायन हुन थालेपछि गाउँमा कुनै मान्छेको निधन हुँदा मलामी जाने पुरुष पाइँदैनन् । गत बिहीबार जिल्लाको रास्कोट नगरपालिका– ६ का धोचे दर्जिको ६५ वर्षीया श्रीमती नौरता दर्जीको निधन भयो । गाउँमा पुरुष नभएका कारण […]

लामो खडेरीलाई जितेको थोल्म जिउलो

कालीकोट जिल्लामा किसानले लगाएको गहुँवाली खडेरीले सुकिरहेका बेला रास्कोट नगरपालिका वडा नम्बर ९ को थोल्म जिउलो भने हरियो देखिन्छ । लामो समयको खडेरीले पनि थोल्म जिउलोलाई असर गर्न सकेन । जिउलाका लागि दुई वटा सिँचाइ भएकाले किसानले पालैपालो जिउलोमा सिँचाइ गर्दा गहुँवाली सुक्नबाट जोगिएको हो । स्थानीय शङ्करप्रसाद बरालले दुई वटा सिँचाइ कुला भएकाले खडेरीबाट […]