राष्ट्रिय सडक सञ्जालमा जोडिएन सिमकोट
यस आर्थिक वर्षमा पनि हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिने भएको छ । सडक निर्माण कार्य पूरा भए पनि कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको दोजाम कर्णालीमाथि पुल निर्माण हुन नसकेका कारण सदरमुकाम सिमकोट सडक सञ्जालसँग नजोडिने भएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले अझै पनि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन मुस्किल भएको बताए […]




