सम्पादकीय : नागरिकलाई आहात होइन उचित मुआब्जा देऊ
२० वर्षयता दैलेखको दुल्लु नगरपालिकाका–८ साहुवाडाका स्थानीय ४३ घरपरिवार एउटा लडाईँमा छन् । उतीबेला तत्कालिन माओवादी विद्रोहले बढेको असुरक्षाका कारण नेपाली सेनाको क्याम्प स्थापना गर्न गरिएको अव्यवहारिक निर्णयले स्थानीय पिडित बनिरहेका छन् । राज्य र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी बिच चलेको १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएर देश शान्ति प्रक्रियामा प्रवेश गरेको दुई दशक […]




