वडामै पुगेर योजनाको सम्झौता गर्दै महाबु गाउँपालिका
दैलेखको महाबु गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्ने गरेको छ । गाउँपालिकाले महाबु गाँउपालिका–६ पुगेर बिनियोजित योजनाको सम्झौता गरेको हो । गाउँपालिकाले यसरी अन्य महाबु गाँउपालिकाका सबै वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिहरुलाई राहत हुने महाबु गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए । उनले गाउँपालिकाका कार्यबाहक अध्यक्षको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले […]




