मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर

जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक चार लाखबढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै मौरिपालन व्यवसायबाट सबै खर्च कटाएर चार लाखबढी आम्दानी गर्दै आएका हुन् । रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरिपालन पेसालाई परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहेको बताए । उनका अनुसार हालसम्म कुनै पनि सरकारी निकाय वा […]