विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट दिने भएको छ । अस्पताल व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले मंगलवारदेखि लागू हुनेगरी नगरपालिकाभित्रका विपन्न, हलिया, खलिया, दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति, एकल महिला, ज्येष्ठ नागरिक, आर्थिक रुपले विपन्न बिरामी र महिला सामुदायिक […]





