३०१ जनालाई जागिरका लागि नेपाली सेनाले खुलायो भर्ना
नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको छ। शुक्रबार सूचना जारी गरेर सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा विल्लादार पदरहरूका लागि दरखास्त आह्वान गरेको हो। ती पदहरूका लागि सेनाले ३०१ जना कर्मचारी माग गरेको छ। सेनाले नर्सिङमा मात्रै ३२ जना मागेको छ। त्यस्तै सैनिक इन्जिनियरिङको उत्पादन उपसमूहका लागि ३१ जना, मेडिकल उपसमूहतर्फ २१ जना र […]




