नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

सर्केगाड गाउँपालिका– १ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन किन्न जानु परेको छ । नुन लिन जाँदा र घर […]

हिमाली जिल्लामा नौ रुपैयाँमै एक प्याकेट नुन

नेपालगन्जमा २६ रुपैयाँ पर्ने नुन हिमाली जिल्लामा नौ रुपैयाँ प्याकेटमा पाइन्छ । नेपालगन्ज हुँदै साविकको कर्णाली अञ्चलका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट तथा जाजरकोट, रुकुम र रोल्पा जिल्लामा पुग्ने नुन नौ रुपैयाँ प्याकेटमा पाइन्छ । साल्ट टे«डिङ कर्पाेरेशन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगन्जले अनुदानमा पठाएकाले हिमाली जिल्लामा नुन सस्तो भएको हो। सहुलियतमा दिइएको नुनको […]

कर्णालीका हिमाली जिल्लामा संधै नुन कै दुख

कर्णालीमा हिमाली तथा दुर्गममा जिल्लाका नागरिकहरुले नुन पाउनका लागि सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ । कर्णालीका हिमाली जिल्ला कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुका नागरिकहरुले अहिले पनि नुनका लागि कष्ट भोग्नु परेको हो । पूर्ण रुपमा बजारीकरण नभएको र दुर्गम पहाडी गाउँ भएकाले नुनका लागि टाढा–टाढा सदरमुकाममा आउनु पर्ने बाध्यताका कारणले नुनका लागि नागरिकहरुले सास्ती […]

नागरिकलाई नुनको अभाव, अझै हटेन् सदरमुकाम धाउनुपर्ने बाध्यता

कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका नागरिकहरु नुनका लागि सदमुकाम मान्म धाउने गर्छन् । स्वाद र स्वास्थ्यको दृष्टिले नुनको महत्व कम छैन । सहजै पाउने ठाउँकालाई व्रत बस्दा मात्रै यसको महत्व थाहा होला । हाम्रै मुलुकमा नुनका लागि अझै संघर्ष गर्नुपर्ने ठाउँ छन् । एक÷दुई किलो नुन पाउन तीन दिनसम्म पैदल मात्रै हिँड्न त सामान्य […]

कालीकोटमा नुनको अभाव

कालीकोटमा नुनको अभाव बढेको छ । ११ केजी नुन पाउन एक जनाले दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था छ । नुन लिन नागरिकले आफ्नो नागरिकताको फोटोकपी बुझाउनुपर्ने हुन्छ । जिल्लाका स्थानीय नागरिकले ११ पाकेट नुन लिनका लागि दुई हजारदेखि दुई हजार पाँच सय खर्च गर्नुपर्छ भने साथमा नागरिक्ता अनिवार्य ल्याउनुपर्ने बाध्यता छ । […]