नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि […]




