जनप्रतिनिधि र कर्मचारीले श्रमदानबाटै बनाए सडक
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सडक निर्माण गरेका छन् । नगरपालिकाभित्र पर्ने चुँ गार्ड खोलादेखि लिकु जाने बाटोसम्मको करिब एक किलोमिटर सडक निर्माणसँगै सुधार गरेका हुन् । मंगलबार नगर प्रमुख जनचन्द्र रोकायको नेतृत्वमा गएको जनप्रतिनिधि र कर्मचारीको टोलीले साँघुरो ठाउँमा बाटो चौडा गर्नुका साथै बीच बाटोमा रहेका ढुंगाहरू फुटाएर सडक निर्माण […]




