प्रतिबन्ध खुलाउने निर्णयपछि टिकटकले भन्यो– हामी उत्साहित छौं

टिकटकले नेपालमा लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णयको स्वागत गरेको छ। शुक्रबार टिकटकका प्रवक्ताले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध हटाउने सरकारको निर्णयको स्वागत गरेका हुन् । ‘यसका लागि हामी फलदायी संवादमा नेपाल सरकारको निरन्तरको प्रतिबद्धताको कदर गर्छौं। नेपाली जनमानसको डिजिटल अनुभवको लागि उहाँहरूले दिनुभएको चासोलाई हामी सम्मान पनि गर्दछौं,’विज्ञप्तिमा भनिएको छ । प्रतिभाशाली क्रियटर र […]

केही इन्टरनेट कम्पनीका नेटवर्कमा अझै पनि टिकटक चलिरहेको भन्दै प्राधिकरणले सोध्यो स्पष्टीकरण

केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको नेटवर्कबाट भिडियो शेयरिङ एप टिकटक चलिरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको छ । टिकटकको माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै सरकारले प्रतिबन्ध लगाएकोमा केही सेवा प्रदायकहरूले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो । प्राधिकरणले शनिवार सूचना निकालेर टिकटकमा कडाइ नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी […]

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सोमवार पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण […]