पाँच महिनादेखि शिक्षक तलबविहीन
जुनीचाँदे गाउँपालिकाका शिक्षकले पाँच महिनादेखि तलब खान पाएका छैनन् । जुनीचाँदे गाउँपालिकामा कार्यरत नेपाल सरकारको अनुदान दरबन्दीका शिक्षकले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । सरकारले बजेटको व्यवस्था नगरेपछि यस्तो समस्या आएको हो । सङ्घीय सरकारको अनुदान दरबन्दीमा काम गरेका १२ जना शिक्षकले विगत पाँच महिनादेखि तलबविहीन अवस्थामा काम गरिरहेका छन् । गाउँ तथा नगर सभामा जनप्रतिनिधिले […]





