काम नगरेपछि अग्रिम भुक्तानी जफत
रुकुमपश्चिममा निर्माणको जिम्मा लिएर काम नगर्ने एक निर्माण कम्पनीको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले सपना शैलुङ जेभी काठमाडौँको अग्रिम भुक्तानी ग्यारेन्टी जफत गरेको हो । जिल्लाको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुल निर्माणको ठेक्का पाएको उक्त कम्पनीले नौ वर्षसम्म काम नगरेपछि अग्रिम भुक्तानी ग्यारेन्टी सरकारी राजस्वमा जम्मा गरिएको […]




