जडीबुटी उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा
बाँकेमा जडीबुटी उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ मा रहेको बाहुबली हर्ब प्रालि जडीबुटी उद्योगमा विद्युत् सर्ट भई आज बिहान ७ः०० बजे लागेको आगो दिउँसो २ः०० बजे नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार व्यापारी राजेश जैनले सञ्चालन गरेको […]




