शवदाह गृहका लागि ग्लोबल आइएमई बैंकद्वारा २० लाख सहयोग
सरला सुवेदी । कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टी निर्माणाधीन अत्याधुनिक शवदाह गृह निर्माणका लागि ग्लोबल आइएमई बैंकले २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माण भइरहेको यो शवदाह गृहलाई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । सोमबार कोहलपुर नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता […]




