काठको लाप्काबाट जब नन्दभाउजू गमगाढको उर्लिंदो भेलमा खसे

सोमबार बिहान जनैपूर्णिमाको दिन मुगुको गमगाढ खोला डरलाग्दो गरी उर्लिएको थियो । एक वर्षभन्दा लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र मोटरेबल पुलको केही मिटर मास्तिर खोलामाथि जोखिमपूर्ण काठको लाप्कामार्फत यात्रुहरू वारपार गर्दै थिए । यस क्रममा दुई जना एक्कासि गमगाढको डरलाग्दो भेलमा खसे । लाप्कामार्फत खोला तर्न वारिपारि किनारमा पालो कुरेर बसेका केही यात्रु उद्धारको प्रयासमा […]

दैलेखमा खोलाले बगाएको तीन दिनपछि किशोरीको शव फेला

दैलेखको चौराठी खोलाले बगाएको तीन दिनपछि किशोरीको शव फेला परेको छ । नौमूले गाउँपालिका–६ सल्लेरीको भलायडाँकी १३ वर्षीया प्रमिला मल्ल चौराठीको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए । भलायडाँडाबाट श्रीमेला बनमा बाख्रा गोठाला गएकी मल्ल घाँस काटिरहेका बेला चिप्लिएर खोलामा खसेकी थिइन् ।