एक महिनापछि रायामा टेलिफोन सेवा सञ्चालन

खार्पुनाथ गाउँपालिका–३ रायामा अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । रायाको ठानकोटस्थित टावरले काम नगरेको एक महिनाभन्दा बढी भएको थियो । उक्त स्थानको टावर मर्मतका लागि नेपाल टेलिकम हुम्लाले प्राविधिक उब्जन शाहीलाई शुक्रबार पठाएको थियो । प्राविधिक शाही शुक्रबार पुगेर मर्मत गरेपछि शनिबार दिउँसोदेखि सञ्चालनमा आएको टेलिकम शाखा हुम्लाका निमित्त प्रमुख रिन्जीन […]

नुन पाउन पनि नागरिकता

हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो । उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयका प्रमुख […]

डिजाइन परिवर्तनपछि अगाडि बढ्यो पुल निर्माण

कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को खार्पुमा दोजाम कर्णालीमा निर्माणाधीन पुलको निर्माण कार्य अगाडि बढेको छ । पुल निर्माणस्थलमा नदीको बर्खामा पानी पसेपछि काम रोकिएको अवस्थामा प्राविधिकद्वारा सो पुलको डिजाइन परिवर्तनपछि पुनः काम सुचारु भएको हो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले दोजाम कर्णालीमा निर्माण कार्य सुरु भएको पक्की पुलको […]