आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका बिचल्ली
एकहप्ता अगाडि मौसमी रुघाखोकीबाट सोरु गाउँपालिका–६, पुरुमुरु गाउँकी २४ वर्षीया कुसुम ढोलीको मृत्यु भयो । कुसुमको मृत्यु भएपछि चार महिने शिशुसहित तीन बालबालिकाको बिचल्ली भएको छ । उनका चार महिनाकी एक छोरी, पाँच वर्षीय छोरा र तीन वर्षीया छोरी अलपत्र परेका हुन् । कुसुमका सुसुरा सलबहादुर ढोलीले बुहारीको मृत्युपछि नातिनातिनाहरू सम्हाल्न गाह्रो भएको दुखेसो पोखे। […]




