एकीकृत समाजवादी छाडेका शाहीलाई एमालेले दियो गाउँपालिका अध्यक्षको टिकट

नेकपा (एमाले) ले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । यद्यपि यसको औपचारिकता दिन भने बाँकी रहेको एमालेले जनाएको छ । शाही कात्तिक २७ गते मात्रै एमाले फर्किएका हुन् । […]

एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२ प्रतिनिधि सहभागी हुने

नेकपा (एकीकृत समाजवादी) को कात्तिक २६ र २७ हुने पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा हुने गरी मिति तय भएको अधिवेशनका लागि कर्णाली प्रदेशमा ५०२ जना प्रतिनिधि सहभागी हुने प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष ठगेन्द्र पुरीले जानकारी दिए । उनका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने धेरैजसो प्रतिनिधिहरूसमेत छनोट […]