जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सर्केगार्ड विजेता
१२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सर्केगार्ड गाउँपालिकाले हात पारेको छ । ६ वटा गाउँपालिकामध्ये सबैभन्दा बढी स्वर्णपदक हात पारेर सर्केगार्ड पहिलो भएको हो । सर्केगार्ड गाउँपालिका शिक्षा शाखाका प्रमुख वीरजंग शाहीका अनुसार नौ वटा स्वर्णपदक जितेर पहिलो स्थान हुन सफल भएको छ । गत वर्ष पनि सर्केगार्ड गाउँपालिका सो प्रतियोगितामा पहिलो भएको थियो […]




