चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य

हुम्लामा हिउँ पर्न थालेपछि केही दिनदेखि त्यहाँका विद्यार्थी हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि विद्यार्थी कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् । सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको जनाएको छ । विद्यालयका अनुसार कक्षाभित्र चिसो हुने भएकाले विद्यालयका सबै कक्षाबाहिर हिउँ जमेको चौरमै […]

हिउँ खेल्दै सशस्त्र प्रहरीद्वारा सिमानाकामा गस्ती

नेपाल र चीनको सिमाना रहेको हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सीमा सुरक्षाचौकीका (बिओपी) सुरक्षाकर्मीले हिउँमा खेल्दै सिमानाका गस्ती गर्दैआएका छन् । हिउँ जमेको कारण बाटो असजिलो र चिसो हुने भए पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्न गस्ती गरेको हो । सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले हिउँ जमेको भए […]

हिउँमा अलपत्र परेकालाई उद्वार लागि पहल

जुम्लाको तातोपानी गाउँपालिकाले हिउँमा अलपत्र परेकाको उद्वार लागि पहल गर्न लागेको छ । जडिबुटि संकलन गर्न पाटन गएकाहरु अलपत्र परेपछि उद्वारका लागि गाउँपालिकाले स्थानीय प्रशासनलाई गुहार गरेको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार हेलिकप्टर व्यवस्थापन गरिदिन स्थानीय प्रशासनलाई अनुरोध गरेको बताए।तातोपानी गाउँपालिका– ७ बारागाउँका आठ जना स्थानीय हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका […]

हिमपातले ‘सुविकाल’ हिउँ परेपछि कृर्षक उत्साहित

जुम्लाको गुठिचौर गाउँपालिका–५ कुम्डीगाँउका विष्णुबहादुर भण्डारी आइतबार सेताम्ये हिउँ परेपछि उत्साहित देखिएका छन् । हिउँको प्रतीक्षामा बसेका उनलाई हिउँ परेपछि सुविकाल (सुखद समय) हुने आस पलाएको हो । ‘खडेरीले अनिकाल हुने चिन्ताले कहिले हिउँ पर्ला भनेर मन आत्तिएको थियो,’उनले भने, ‘आँगन सेतो हुने गरी हिउँ पर्दा मनै खुसी भयो ।’ उनले भने,जति धेरै हिउँ आयो, उति धेरै […]

हिउँ पन्छाएपछि सुचारु भयो: नाग्म–गमगढी सडक

हिउँले अवरुद्ध नाग्म–गमगढी खण्डको हिउँ पन्छाएर सडक सुचारु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टिमले नाग्म–गमगढी सडकको बुलबुले,सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सुचारु गरेको हो । गत मंगलबार, बिहीबार र बुधबार हिमपात हुँदा गमगढी–नाग्मा सडक अवरुद्ध भएको थियो । साधनहरु चल्न सकेका थिएनन् । बिहिवार र शुक्रवार दिनभरी सडक […]