एकिकृत स्वास्थ्य शिविरमा ३ सय बढीको स्वास्थ्य परीक्षण

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित हिरिमिनिया स्वास्थ्य चौकीमा सोमबार सम्पन्न एकिकृत स्वास्थ्य शिविरमा ३ सय ६० जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । डुडुवा गाउँपालिकाको आयोजना र भेरी वातावरणीय विशिष्टता समूह (बि ग्रुप)को सहायोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा स्त्री रोग, परिवार नियोजन, योन तथा प्रजनन, महिलाको पाठेघर तथा सामान्य चेकजाँच गरिएको थियो । विशेषगरी […]

स्वास्थ्य शिविरबाट एक सय ७० लाभान्वित

जिल्लाको विकट क्षेत्र मानिएको बबई गाउँपालिका–७ मा वडा कार्यालयको सहकार्यमा सञ्चालित एकदिने स्वास्थ्य शिविर उपचारबाट बञ्चित भएकाले सेवा लिएका छन् । बबई–७ को सहकार्य, तुलसीपुर उपमहानगरपालिकाको समन्वय, राप्ती आँखा अस्पताल (रक्षाचौर), तुलसीपुरस्थित मेट्रो सिटी पोलिक्लिनिक, तुलसीपुर सिटी अस्पताल, मनकामना डेण्टल प्रालि, रौनियार पोलिक्लिनिक प्रालिको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट एक सय ७० बढीले सेवा लिएका हुन् […]

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे । उनी भन्छन्, “आफ्नै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिएका छन् । खुसी लागेको […]

स्वास्थ्य शिविरबाट ६ सय २ जना लाभान्वित

जिल्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरबाट ६ सय २ जनाले सेवा लिएका छन् । गाउँपालिकाले ‘भेटौँला चङ्खेली गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, चङ्खेलीबासीका दुःख मेटौँला’ नारासहित प्रत्येक महिनाको एक दिन विशेषज्ञ डाक्टरबाट आफ्नो मातहतमा रहेका प्रत्येक स्वास्थ्यचौकीबाट निःशुल्क सेवा दिँदै आएको छ । पालिका मातहतका स्वास्थ्यचौकीमा ‘एमबिबीएस’ डाक्टरबाट सेवा दिने हेतुले मिमी स्वास्थ्यचौकी, […]

दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर

कालीकोट जिल्लाको दुर्गम गाउँ नरहरिनाथ गाउँपालिका–७ उच्छवमा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको छ । उच्छव गाउँमा अहिलेसम्म कुनै शिविर सञ्चालन नभएकामा सोमबार गाउँपालिकाको आयोजनामा पहिलो पटक स्वास्थ्य शिविर सम्पन्न भएको हो । उच्छव गाउँमा पहिलो एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरेर विभिन्न बिरामीको स्वास्थ्य जाँच गरिएको छ । गाउँमा पहिलो पटक स्वास्थ्य शिविरको आयोजना भएको […]

कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको मालिकाबोता र हाडसिंजा स्वास्थ्य चौकीमा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको सहकार्यमा सञ्चालन गरिएको शिविरमा ५ सय १८ जना महिलाले उपचार गराएका छन् । दुर्गमका महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, […]

लगाममा नेपाली सेनाको स्वास्थ्य शिविर

पश्चिम सुर्खेतको लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिवार चौकुने गाउँपालिका–२ लगाममा सुर्खेतमा रहेको कालीबहादुर गणले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश अस्पताल, जिल्ला आँखा अस्पताल, ज्योति फाउण्डेशन लगायतको आयोजनामा सो शिविर सञ्चालन भएको हो । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको दुर्गम गाउँमा पुगेर नेपाली सेनाले […]