९२ वर्ष पुराना स्रेस्ता जोखिममा

रुकुमपश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्षअघिका जग्गाका स्रेस्ताहरू जोखिममा रहेका छन् । पुराना र जीर्ण बन्दै गएका कारण यी स्रेस्ताहरू जोगाउन मुस्किल भइरहेको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीका अनुसार जग्गाका महत्वपूर्ण स्रेस्ताहरू जोगाउन समस्या भइरहेको छ । अहिले भाडामा रहेको मालपोत कार्यालयका दुई वटा कोठामा यी स्रेस्ताहरू राखिएका छन् । कार्यालय प्रमुख खत्रीका अनुसार […]