टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला

स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गरेका छन् । उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय ५० वटा झोला हस्तान्तरण गरेका हुन् । झोला हस्तान्तरण गर्दै समाजसेवी बिनाडीले नवप्रसूताहरूलाई सघाउने उद्देश्यले आफूले झोलाको व्यवस्था गरेको […]

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको आईतवार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको हिमाली गाउँपालिका–५ की २२ वर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सुत्केरी रोकायाको एउटा बच्चा गाउँमै जन्माएको र अर्काे बच्चा जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर जन्माएको भए पनि पेटमा समस्या आएकाले […]

जहाज प्रतीक्षा गर्दागर्दै सुत्केरीले गयो ज्यान

हुम्लामा नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको मृत्यु भएको छ । जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीया अंशु बुढाको मृत्यु भएको हो । बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको थियो । गत पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी […]