वडाद्वारा चार सय घरधुरीको घर बीमा

जुम्लाको सिञ्जा गाउँपालिका–२ ले वडाभित्रका चार सय घरधुरीलाई घर बीमा गरिएको छ । गत वर्ष असोजमा अविरल वर्षाले बाढी पहिरो गई यहाँका अधिकांश घरमा क्षति पुगेको थियो । त्यस्तै प्रकृतिको प्राकृतिक प्रकोप आएमा सर्वसाधारणलाई राहत होस् भन्ने उद्देश्यले वडाका सबै घरधुरीको घर बीमा गरेको वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । कर्णाली प्रदेश समानीकरण अनुदानको बजेटबाट […]

एक करोड ७३ लाख लगानीमा खानेपानी आयोजना निर्माण हुँदै

सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ । पालिकाको वडा नम्बर १ मा एक करोड ७३ लाख ८३ हजार लागनीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । गाउँपालिका अध्यक्ष धितालले भने, […]