पढाइसँगै संस्कृति जगेर्नामा जुटे सल्यानका विद्यार्थी
सल्यान बागचौर नगरपालिका–९ कुइयापानीस्थित सूर्यप्रकाश आधारभूत विद्यालयका विद्यार्थी पढाइसँगै परम्परा र संस्कृति संरक्षणमा जुटेका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थी समाजमा हराउँदै गएको मयूर (स्यरिंगे) नाच संरक्षणमा जुटेका हुन् । मयूर नाच लोप हुन लागेको संस्कृति हो। यसको महत्त्व बुझेर साना बालबालिकाबाटै संस्कृति संरक्षणमा अग्रसर गराउनुपर्छ भनेर जगेर्नामा जुटेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर वलीले […]




