लुम्बिनी संग्र्रहालय संरक्षण परियोजनामा अमेरिकी दूतावासको सहयोग

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइकल हार्करले लुम्बिनी विकास कोष र पुरातत्व विभागका प्रतिनिधिका साथमा लुम्बिनी संग्र्रहालय संरक्षण परियोजनाको उद्घाटन गरेका छन् । सो संग्रहालयमा रहेका प्राचीन कलाकृतिको अमूल्य संग्र्रहको सुरक्षण, अभिलेखन र संरक्षण गर्न अमेरिकी दूतावासले राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत करिब सवा तीन करोड रुपैयाँको अनुदान बुद्ध फाउन्डेसनलाई प्रदान गरेको छ […]