हरायो तीजको दर खाने मौलिकता
जुम्लाको चन्दननाथ नगरपालिका –४ मालाभिड गाउँकी ६६ वर्षीया मायालक्ष्मी उपाध्याय (पण्डित) तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउँछिन् । पहिलेपहिले दिदीबहिनी माइतिघरको पिँढी(ओटाली)मा जम्मा भएर गाउने गीत उनको मनसपटलमा अझै ताजै छन् । हिजोआज यस्ता गीत गाउन साथी भेट्नै मुस्किल परेको पाध्यायले सुनाइन् ।उनी भन्छिन्, ‘अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिंदैनन्, […]





