भेरी पुलको पुनः अध्ययन गरी १८ महिनामा निर्माण सम्पन्न गर्ने योजना

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पश्चिम र जाजरकोटलाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण कार्य पुनः अध्ययन गरी अघि बढ्ने भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकालाई जोड्ने उक्त पुल निर्माणका लागि यसअघि तयार गरिएको केबल स्पेयड सस्पेन्सन डिजाइनले व्यवहारिक चुनौतीहरू निम्त्याएपछि नयाँ सम्भाव्यता अध्ययन थालिएको हो । मध्यपहाडी लोकमार्ग आयोजनाका कायममुकायम निर्देशक रविन्द्रलाल […]

भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा

भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । पुलको बेस प्लेट जडानको काम शनिवारदेखि सुरु […]