उपाध्यक्ष र सदस्य सचिव नियूक्तिमै अल्झियो प्रदेश सरकार

कर्णाली प्रदेशमा आयोजना गर्न लागिएको १० औं राष्ट्रिय खेलकुदको तयारीमा संघीय सरकार जुटेको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले मिति तय गरेर प्रतियोगितापूर्वका तयारी थालेसँगै कर्णालीमा खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय खेलकुद सञ्चालन हुनेमा आशा जागेको छ । यसअघि अधिकांश खेल सञ्चालन हुने कर्णाली प्रादेशिक रंगाशाला तोकिएको समयमा सम्पन्न हुन नसकेपछि प्रतियोगिता अन्यौलतातर्फ धकेलिएको […]

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’

कर्णाली प्रदेश रङ्गशालाको अनुगमनका क्रममा सदस्य सचिव घिसिङले गत मङ्सिर २१ गते बसेको परिषद्को ११८औँ बैठकका निर्णयअनुसार आगामी चैत २३ गतेदेखि सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताए । उनले पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गरिरहेका काम उच्च प्रशंसा गरे । “पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा […]

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रुपमा हेरिएको छ । तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति जति नजिकिँदै छ, त्यति नै प्रतियोगिता तोकिएकै […]

दशौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका छन् । शनिवार सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालाको अनुगमनपछि उनले भने, “१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनुपर्छ, कुनै बहानामा पछि सार्न खोजियो भने हजारौँ खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ ।” उनले निर्माणको अन्तिम चरणमा रहेको रङ्गशाला पश्चिम […]

दशौं राष्ट्रिय खेलकुद कर्णालीप्रतिको भरोसा र विश्वास हो : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीप्रतिको भरोसा र विश्वास भएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित प्रतियोगिताको तयारीसम्बन्धी सरोकारवालासँगको छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना हुने कुराको देश तथा विदेशबाट मूल्यांकन हुने बताए । उनले अहिले नै खेलकुद प्रतियोगिताको लागि दिनगन्ती सुरु भइसकेको भन्दै व्यवस्थापन कमजोर हुन नदिन सबैसँग […]

दशौँ राष्ट्रिय खेलकुदको समन्वय बैठक सम्पन्न

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप समन्वय बैठक सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघीय सरकारको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सहभागी रहेका थिए । बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माणतर्फ आगामी पुस मसान्तभित्र एक अर्ब बजेट सुनिश्चित गरि […]

This will close in 0 seconds