सिंजा साम्राज्यको मध्ययुगबाट सुरु भएको थियो कर्णालीमा दशैँँ
कर्णालीमा दसैँ मनाउने प्रचलनको कुनै दस्तावेज भेटिदैनन् । डा. सूर्यमणी अधिकारीको खसराज्यको इतिहास नामक पुस्तकमा १८४६ को असोज महिनाअघिदेखि शिवनारायण खत्री नेतृत्वको गोर्खाली फौज डोल्पा जिल्लाको त्रिपुरासुन्दरी आसपास तैनाथ थियो । असोज महिनामा जुम्लामा घाँस र धान काट्ने समय भएकाले तत्कालीन जुम्ली राजा शोभान शाहीका झराली सैनिकहरूलाई घरमा विदा दिएको र दशैँको मौका छोपी गोर्खाली […]





