सरकारी ट्रायल सेन्टर निर्माणमा खेलाँची निजी सेन्टरबाटै काम चलाउने सोच

वीरेन्द्रनगर–७ स्थित निर्माणाधिन अलपत्र सरकारी ट्रायल सेन्टर निर्माणमा खेलाँची गरिएको छ । निर्माण स्थलमा सुकुम्वासी वस्तिको अवरोधको कारण देखाउँदै निर्माणको काम नै अघि नबढाउने गरेको पाइएको हो । हाल ट्रायल सेन्टर निर्माण स्थलमा सुकुम्वासी वस्तिबाट कुनै अवरोध नै छैन । तर विगतको कारण देखाउँदै सुकुम्वासीमाथी दोष थुपारेर ठेकेदार र कार्यालय निर्माणको कामबाट उम्किदै आएका छन् […]

सम्पादकीय : ट्रायल सेन्टर निर्माणमा विलम्व किन ?

सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले निजी क्षेत्रको स्वामित्वमा रहेको जग्गामा लाईसेन्सको ट्रायल परीक्षा सञ्चालन गरेको धेरै भयो । पहिले सुर्खेतमा कार्यालय सञ्चालन समयमा ट्रायल स्थानको अभावकै कारण यो सेवा सञ्चालन भएको थियो । केहि वर्षसम्म लाईसेन्स नविकरण, सवारी साधन कर, रुट परमिट लगायतका सेवाहरु मात्र कार्यालयबाट प्रवाह भयो । नयाँ लाईसेन्स वितरणको काम भने भएको थिएन […]

ट्रायल सेन्टर निर्माणमा अवरोध नहुने काम सुरु गर्न सुकुम्वासीकै गुहार

वीरेन्द्रनगर–७ स्थित निर्माणधिन सरकारी ट्रायल सेन्टर निर्माणको काम हाल अलपत्र अवस्थामा छ । सवारी साधान अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) निर्माणको काम सुरु भएको करिब दुई वर्ष पुग्न लाग्यो । तर हालसम्म करिब १० मिटर जति एउटा पर्खाल उठाउने बाहेक अन्य काम भएको छैन । त्यो पनि पर्खालको काम अधुरै छ । […]

ट्रायल सेन्टर बनाउन किन ढिलाईं ?

भौतिक पूर्वाधार विकास मन्त्रालयले समेत यस विषयमा चासो दिन जरुरी छ । ट्रायल सेन्टरका लागि जग्गा खाली बनाएर तत्काल भौतिक पूर्वाधार निर्माण कार्य प्रक्रिया अघि बढाउनुपर्छ ।

This will close in 0 seconds